कुलेखानी– कलंकी–हुमाने सडक खण्ड आज शुक्रबारदेखि १९ दिन बन्द

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, जेठ २ गते ।
हेटौँडा–कुलेखानी–फाखेल–हुँदै काठमाडौँ जोड्ने कुलेखानी–कलंकी–हुमाने सडक खण्ड आज शुक्रबारदेखि १९ दिनका सवारी आवागमन बन्द गरिएको छ ।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी–कलङ्की–हुमाने सडक खण्ड कालोपत्रेका क्रममा उक्त सडक खण्डमा १९ दिनका लागि सवारी साधनको आवागमन बन्द गरिएको हो ।
इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी– कलंकी–हुमाने सडक खण्ड कालोपत्रे गर्न जेठ २ गते शुक्रबारदेखि जेठ २० गतेसम्म (१९ दिन) उक्त सडक खण्डमा सवारी आवागमन पूर्ण रूपमा बन्द हुने जिल्ला प्रशासन कार्यालयको सूचनामा उल्लेख छ ।
यसैबिच प्रहरी प्रधान कार्यालयले काठमाडौँ–हेटौँडा चल्ने सडकमध्ये कुलेखानी–कलङ्की–हुमाने सडक आज शुक्रबारदेखि मर्मतका लागि १९ दिन बन्द हुने जनाउँदै वैकल्किप मार्ग प्रयोग गर्न सबै चालकमा अनुरोध गरेको छ ।
सो अवधिमा हेटौँडा–काठमाडौँ वा काठमाडौँ–हेटौँडा यात्रा गर्नुपर्ने सवारी साधनहरूले अन्य वैकल्पिक मार्ग कान्तिलोकपथ वा कुलेखानी–सिस्नेरी फर्पिङ सडकको प्रयोग गर्न सूचना प्रकाशित गरी भनेको छ ।

ताजा समाचार

Related Articles