खासकुरा संवाददाता
हेटौँडा, जेठ ८ गते ।
बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम यही जेठ १४ गते सार्वजनिक गरिनेभएको छ ।

प्रदेश सभाको बैठकमा बागमती प्रदेशका प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले प्रदेशसभा बैठकमा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेभएको हो ।

बागमती प्रदेश सभामा सभामुख भुवनकुमार पाठकले यही जेठ १४ गते दिउँसो १ बजे प्रदेश प्रमुखबाट सरकारको नीति तथा कार्यक्रम संवोधन गर्ने तयभएको जानकारी गराउनुभयो ।

प्रदेश प्रमुखले नीति कार्यक्रम संवोधन गर्ने दिन प्रदेश सभाको बैठकमा प्रदेशसभा सदस्यहरूलाई औपचारिक पोशाकमा उपस्थित हुन प्रदेश सभामुख पाठकले भन्नुभएको छ ।




