होमस्टे सञ्चालकलाई सामाग्री हस्तान्तरण

लोकप्रिय

हेटौँडा, जेठ १४ गते ।
मकवानपुरको कैलाश गाउँपालिकामा होमस्टे सञ्चालकलाई विभिन्न सामाग्रीसहित आवश्यक प्रविधि हस्तान्तरण गरिएको छ । वडा नम्बर २ बैकुण्ठका ११ जना होमस्टे सञ्चालकलाई होमस्टे सञ्चालनका लागि आवश्यक प्रविधिसहितको सामाग्री हस्तान्तरण गरिएको हो ।

वडा नम्बर २ का वडाध्यक्ष राजेन्द्र घिसिङले होमस्टेमा प्रयोग हुने प्रविधि सामाग्री स्तान्तरण गर्दै कैलाश बैकुण्ठ पर्यटन क्षेत्रमा विकास भइरहेकोले अवस्थामा यहाँ घुम्न आउने पर्यटकलाई होमस्टेमा राखेर सेवा गर्ने उद्देश्यसहित प्रविधि हस्तान्तरण गरिएको जानकारी दिनुभयो ।

वडा नं. २ जीपलाईन, पर्यटकीय क्षेत्र, धार्मिक तथा ऐतिहासिक क्षेत्रहरु रहेकाले घुम्न आउनेलाई बसोबासका हिसाबले होमस्टे सञ्चालन गरिएको छ ।

गरिबी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम(मेड्पा) अन्तरगत रिर्टनीहरुको उद्यमशिलताका लागि पहिलो चरणमा ११ जनालाई ५० प्रतिशत अनुदानमा होमस्टेका सम्पूर्ण सामाग्री, तामाङ र गुरुङ जातिका पहिरनलगायतका सामाग्री हस्तान्तरण गरिएको पालिकाको उद्यम विकास शाखा प्रमुख प्रमिला अर्यालले जानकारी दिनुभयो ।
होमस्टे सञ्चालनको लागि गाउँपालिकाले यसअघि भ्रमण सहित तालिम प्रदान गरिसकेको छ ।

गाउँपालिकाकै बजेटमा वैदेशिक रोजगारीबाट फर्किएका र स्वदेशमै केही गर्ने लक्ष्य बोकेका युवालाई समेटेर मेड्पा कार्यक्रम अन्तरगत होमस्टेका सामाग्री हस्तान्तरण गरिएको उहाँले बताउनुभयो ।

ताजा समाचार

Related Articles