हेटौँडा, जेठ १४ गते ।
गणतन्त्र दिवसको अवसरमा प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशको आयोजना र मकवानपुर जिल्ला खेलकुद विकास समितिको संयोजनमा भएको खुला महिला तथा पुरुष दौड प्रतियोगिता सम्पन्न भएको छ ।


हेटौँडाको बुद्ध चोकबाट सुरु भई कान्ति लोकपथ भैरवरोड, लक्ष्मी स्कुल, सूर्य चोक, थाहा चोक हुँदै बुद्ध चोकसम्मको बुधबार भएको पाँच किमी दौड प्रतियोगितामा महिलातर्फ सिर्जना सिंतान र पुरुषतर्फ मिङमर सिंगी तामाङ पहिलो हुनुभयो ।

प्रतियोगितामा महिलातर्फ शुष्मा दर्लामी दोस्रो र कृषिका क्षेत्री तेस्रो हुनुभयो । पुरुषतर्फ राजकुमार गोले दोस्रो र विजन सुनार तेस्रो हुनुभयो ।

प्रतियोगितामा महिला र पुरुष दुवैतर्फका शीर्ष तीनमा रहनेले क्रमशस् १५ हजार, १० हजार र पाँच हजार रुपियाँ पुस्कारसहित प्रमाणपत्र पाउनु हुनेभएको छ।

पुरस्कार गणतन्त्र दिवस मूल समारोह समितिको आयोजनामा बिहीबार हेटौँडामा हुने कार्यक्रममा वितरण गरिनेभएको छ ।




