विपद्का घटना न्यूनीकरणमा प्रदेश सरकारको भूमिका प्रभावकारी बनाउनुपर्नेमा जोड

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, जेठ १९ गते ।
बागमती प्रदेशका विभिन्न जिल्लामा गत वर्ष असोजमा गएको बाढीपहिरोबाट १२ अर्ब रुपियाँभन्दा बढीको क्षतिभएको जनाइएको छ ।

विपद्को पूर्व तयारी र विपद्पछिको उद्धार राहतलगायतका सवालमा छलफल गर्न सोमबार मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नं. ६ स्थित भालुखोलामा सामुदायिक रेडियो प्रशारक संघ (सिआइएन) द्वारा आयोजित हेलो सांसद सार्वजनिक सुनुवाई कार्यक्रममा यस्तो जानकारी गराइएकको हो ।

कार्यक्रममा सहभागीहरुले बाढीपछिको उद्धार र राहत प्रभावकारी नभएकोले प्रदेश सभा र प्रदेश सरकारको भूमिका प्रभावकारी बनाउनुपर्ने औँल्याउनुभएको थियो ।

कार्यक्रममा गत वर्षको असोजमा आएको बाढीपहिरोका कारण प्रदेशभरमा १२ अर्ब रुपियाँभन्दा बढीको क्षति पुगेको भन्दै
प्राकृतिक तथा मानव सिर्जित विपद्को जोखिम पछिल्लो समय बढ्दै गएको भन्दै यसको नियन्त्रणमा जोड दिइएको छ ।
वक्ताहरुले विपद् नियन्त्रणमा तीनै तहको सरकारबिच समन्वय र सहकार्य आवश्यकभएको बताउनुभयो ।

कार्यक्रममा प्रदेश सभाका सदस्य भारती पाठकले विपद्का घटना न्यूनीकरणका लागि स्थानीय सरकार र समुदायसँग सहकार्यमा जोड दिनुभयो । प्रदेश सभा सदस्य रुकु चौलागाईले अवैध खानी, हचुवाका भरमा हुने विकास निर्माणले विपदका घटना बढेको बताउनुभयो ।

कार्यक्रममा मकवानपुरगढी गाउँपालिकाका उपाध्यक्ष मानकुमारी नेपाली, मकवानपुगढी गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष दिपेश दाहाल र वडा नं. ५ का वडाध्यक्ष कृष्ण बजगाईले शिवम खानीको चपेटामा स्थानीय परेको भन्दै विपद् पूर्वको तयारी र विपद्पछिको उद्धार र राहतमा तीन तहका सरकारबिचको समन्वय र सहकार्य प्रभावकारी हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा संसदीय मामिला पत्रकार मञ्च बागमती प्रदेशका अध्यक्ष राममणि दाहाल, स्थानीय बासिन्दा लिलाराज न्यौपाने, वासुदेव चौलागाई, अमरबहादुर मल्ल, वेदनाथ हुमागाईँलगायतले प्रदेश सरकार र प्रदेश सभाले विपद् न्यूनीकरण, विपद् पूर्व तयारी र विपद्पछि कार्यलाई प्राथमिकतामा पार्नुपर्ने बताउनुभएको थियो ।

 

ताजा समाचार

Related Articles