खासकुरा संवाददाता
हेटौँडा, जेठ २० गते ।
हेटौँडा उपमहानगरपालिकाले बजेट यही जेठ १२ गतेसम्ममा चालु आर्थिक वर्षको लागि विनियोजित बजेटको ५० प्रतिशतभन्दा कम खर्च गरेको छ । 

आर्थिक वर्ष २०८१÷०८२ को जेठ १२ गतेसम्ममा कुल अनुमान गरिएको व्यय तर्फ ४९.६९ प्रतिशत अर्थात एक ४१ करोड ३५ लाख ७३ हजार ५५५ रुपियाँ खर्च भएको हो ।
चालु आवका लागि दुई अर्ब ७२ करोड रुपियाँ बजेट विनियोजनभएको छ ।

कुल अनुमान गरिएको आय तर्फ संघीय सरकारबाट प्राप्त अनुदान, प्रदेश सरकारबाट प्राप्त अनुदान र आन्तरिक श्रोत गरी ६७.०१ प्रतिशत अर्थात एक अर्ब ९० करोड ६१ लख १६ हजार ४४८ रुपियाँ आम्दानी गरिएको हेटौँडा उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले जानकारी दिनुभयो ।

उहाँले चालु आवका कतिपय योजनाहरु अन्तिम चरणमा पुगेको र भौतिक प्रगति भएपनि भुक्तानी बाँकी भएको अहिले बित्तीय प्रगति नदेखिएपनि असार मसान्तमा लक्ष्य अनुसारको प्रगति हासिल हुने बताउनुभयो ।




