सहकारीका लेखा व्यवस्थापकलाई तालिम

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, जेठ २१ गते ।
हेटौँडामा छ दिने सहकारी लेखा व्यवस्थापन तालिमको सुरु भएको छ ।

हेटौँडा उपमहानगरपालिकाको आर्थिक सहयोग तथा मकवानपुर जिल्ला बचच तथा ऋण सहकारी संघ लिमिटेडको आयोजनामा बुधबारबाट सुरुभएको तालिमको हेटौँडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामाले उद्घाटन गर्नुभयो ।

नगरप्रमुख लामाले सहकारीको बिग्रदो अवस्था सुधारका लागि लेखा व्यवस्थापकको भूमिका महत्वपूर्ण हुने र उपमहानगरले सहकारीको पछिल्लो अवस्था सुधारका लागि सुक्ष्म ढंगबाट काम गर्दै अनुगमन र नियमको पाटोलाई अघि बढाएको बताउनुभयो ।

तालिममा ३५ वटा बचत तथा ऋण सहकारीका लेखा व्यवस्थापकको सहभागिता रहेको छ ।

ताजा समाचार

Related Articles