हेटौँडा, जेठ २८ गते । मकवानपुरको थाहा नगरपालिका वडा नं. १२ स्थित लितीमा खानेपानी ट्याङ्की र धारामा रङ्गरोगन गरेर चिटिक्क पारिएकको छ । 

वडा नं. १२ मा निर्माण भएको लिती खानेपानी आयोजनाको ट्याङ्की र धारामा रङ्गरोगन अमेरिकाबाट आएका पाहुनाले गरेका हुन् ।

खानेपानी आयोजनाको उद्घाटन कार्यक्रममा सहभागी हुन आएका उनीहरु मनोरञ्जनात्मक कार्यक्रममा सहभागितासँगै स्थानीयको सहयोगमा जुटेका थिए ।

थाहा नगरपालिका वडा नं. १२ का वडाध्यक्ष टीका लामाले अमेरिकाको विभिन्न राज्यबाट नेपाल आएका अमेरिकी नागरिकले खानेपानी आयोजनाको ट्याङ्की र धारामा रङ्गरोगनका लागि बुधबार बिहानैबाट जुटेको बताउनुभयो ।
विदेशी पाहुनाले स्थानीयको घरघरमा पुगेर धारामा रङ्गरोगन गरेको थिए ।

विदेश आएपछि गाउँमा रौनक र चहलपहल बढेको छ, वडाध्यक्ष लामाले भन्नुभयो हाम्रो र उनीहरुको भेषभुषा, रहनसहन परम्पराको बारेमा जानकारी गर्ने गराउने अवसर मिलेको छ । छ ।




