हेटौँडा, जेठ ३० गते । बागमती प्रदेश सभाको बैठक आज शुक्रबार दिउँसो १ बजे बस्ने भएको छ ।
प्रदेश सभाका सचिव रामकुमार पौडेलका अनुसार बैठकमा प्रदेश सरकारको आर्थिक वर्ष २०८१/०८२ को आर्थिक सर्वेक्षण प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

प्रदेशसभाको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले सर्वेक्षण पेस गर्नु हुने भएको हो ।

यस्तै बैठकमा प्रदेश सभाका समितिहरुको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूचीसमेत रहेको छ ।

प्रदेश सरकारले प्रदेश सभामा आर्थिक वर्ष २०८२/०८३ को वार्षिक बजेट आगामी असार १ गते प्रस्तुत गर्नेभएको छ ।




