हेटौँडा, जेठ ३० गते । मकवानपुर महिला उद्यमी व्यवसायी संघको आयोजनामा तथा श्रम, रोजगार तथा यातायात मन्त्रालय र हेटौँडा उपमहानगरपालिकाको सहआयोजनामा हेटौँडामा दुईदिने महिला उद्यमी रोजगार मेला २०८२ तथा बागमती प्रदेशस्तरीय महिला उद्यमी व्यवसायी कार्यशाला गोष्ठी सुरुभएको छ ।

शुक्रबारबाट सुरुभएको गोष्ठीको शुभारम्भमा बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले तालिम दिइसकेपछि प्रत्यक्ष रूपमा रोजगारीसँग आबद्ध हुने व्यवस्था गर्न सहजीकरणका लागि श्रम मन्त्रालय सहकार्य गर्न तयार रहेको बताउनुभयो ।

उहाँले उद्यमीहरूले उत्पादन गरेका वस्तुको प्रवद्र्धन र बजारीकरणमा लाग्नुपर्ने बताउनुभयो ।
कार्यशालामा उद्यमशील महिलाहरूले आफ्नो व्यवसायिक क्षेत्रमा भोग्दै आएका समस्याहरूको पहिचान गर्नुका साथै लेखा तथा आन्तरिक राजस्व, बैंकिङ सेवा र व्यवसाय प्रवद्र्धनसम्बन्धी आवश्यक ज्ञान, जानकारी तथा सहजीकरण प्रदान गर्नु रहेको आयोजक संघकी अध्यक्ष शुशिला पाण्डे (मानन्धर) ले जानकारी दिनुभयो ।

कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद सिंह रानाभाट, होटल एशोसिएशन नेपालका केन्द्रीय सल्लाहकार भगिरथ शर्मा, घरेलु तथा साना उद्योग संघ मकवानपुरका अध्यक्ष कुमार पौडेल, मकवानपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष राजकुमार न्यौपानेलगायतको आतिथ्यता रहेको थियो।




