टिष्टुङको लितीगाउँमा खानोपानी आयोजनाले ल्यायो स्थानीय बासिन्दामा खुशीयाली

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, जेठ ३० गते । मकवानपुरको थाहा नगरपालिका वडा नं. १२ टिष्टुङस्थित लिती गाउँमा खानेपानी आयोजना निर्माण सम्पन्नभएको छ । लिती खानेपानी आयोजना निर्माणसँगै स्थानीय बासिन्दामा खुशीयाली ल्याइदिएको छ ।

लिती खानेपानी आयोजनाको शुक्रबार थाहा नगरपालिकाका प्रमुख विष्णुबहादुर विष्टले उद्घाटन गर्नुभएको हो ।
थाहा नगरपालिका, च्वाइस नेपाल र स्थानीयको एक करोड ८० लाख रुपियाँको लागतमा निर्माण भई खानेपानी वितरण सुरु गरिएको छ ।

थाहा नगरपालिका वडा नं. १२ का वडाध्यक्ष टीका लामाले खानेपानी आयोजनाको निर्माणसँगै स्थानीय बासिन्दा खानेपानीको समस्याबाट मुक्तभएको बताउनुभयो । उहाँका एक लाख लिटर क्षमताको खानेपानी ट्याङ्कीसँगै करिब पाँच हजार लिटर क्षमतामा थप पाँच वटा खानेपानी ट्याङ्की निर्माण गरिएको छ । विद्यालय, स्वास्थ्य चोकी र स्थानीय बासिन्दाको घरमा गरी २०५ वटा धारा लिती गाउँमा जडान गरिएको छ ।

लिती गाउँका खानेपानी आयोजना निर्माण भएको स्थानीय बासिन्दा र अमेरिकाको विभिन्न राज्यबाट आएको अमेरिकी नागरिक तीन दिनदेखि उत्सवमा झै खुशीयाली साटासाट गरिरहेका छन् ।

विदेशी पाहुनाले वडा नं. १२ मा निर्माण भएको लिती खानेपानी आयोजनाको ट्याङ्की र धारामा रङ्गरोगन गर्नेदेखि स्वास्थ्य जाँच र सरसफाईमा बुधबार र बिहीबार सहभागी भएका थिए ।
अमेरिकी नागरिकको टोलीले ट्याङ्की र धारामा रङ्गरोगनसँगै स्थानीयलाई संगीत सिकाउनुका साथै थाहा नगरपालिकाभित्रका प्राथमिक स्वास्थ्य चौकी र स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य क्षेत्रमा प्रयोगमा आएका प्रविधि र चुनौतीहरुको बारेमा प्रशिक्षण दिएएका थिए ।

ताजा समाचार

Related Articles