सञ्चार क्षेत्रमाथि चुनौती थपिएको छ

लोकप्रिय

हेटौँडा, असार ४ गते । बागमती प्रदेशका सभामुख भुवनकुमार पाठकले पछिल्लो समय सञ्चार क्षेत्रमाथिको चुनौतीहरू थपिएको बताउनुभएका छ ।
बागमती प्रदेश सभा सचिवालयले मकवानपुरको मार्खुमा आयोजना गरेको दुई दिने अन्तरक्रिया कार्यक्रमको बुधबार उद्घाटन गर्दै उहाँले पत्रकारिताको बदलिँदो स्वरूप अनुसार सञ्चारकर्मीहरू अझै जिम्मेवार र सचेत हुनुपर्नेमा जोड दिनुभयो ।
“पत्रकारिता केवल समाचार लेख्ने माध्यम होइन, यो लोकतन्त्रको आत्मा हो। यसले संसददेखि सरकारका कामकाज, नागरिकका आवाज र समृद्धिका सम्भावनाबीच पुलको काम गर्छ।”, उहाँले भन्नुभयो ।
प्रदेश उपसभामुख अपसरा चापागाईंले सञ्चारकर्मीहरूको भूमिका संविधान निर्माणदेखि विकाससम्मको यात्रामा सहयात्री रहेको बताउनुभयो ।

प्रविधिको विस्तारले सञ्चार माध्यममा ल्याएको परिवर्तनलाई सकारात्मक मान्दै उहाँले भन्नुभयो, “पहिले पत्रपत्रिका हेथ्र्यौं, अहिले मोबाइलमै समाचार हेर्न सकिन्छ। यो परिवर्तन सञ्चारकर्मीहरूको निरन्तर मेहनतको परिणाम हो।”
कार्यक्रमको पहिलो दिन ‘नेपाली पत्रकारिताको अभ्यास र चुनौती’ विषयमा वरिष्ठ पत्रकार युवराज घिमिरेले ऐतिहासिक सन्दर्भ, राजनीतिक उतारचढाव र वर्तमान यथार्थबीच सञ्चार माध्यमको भूमिका बारे जानकारी गराउनुभएको थियो ।
बिहीबार पत्रकार दुर्गा खनालले ‘राजनीति र संसदीय पत्रकारिता’ विषयमा प्रस्तुतीकरण गर्ने कार्यक्रम रहेको छ । कार्यक्रममा प्रदेश सभा सचिव रामकुमार पौडेल, पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्ण शारू मगर, उपाध्यक्ष हरि हुमागाईं, पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष ध्रुव अधिकारीलगायत मकवानपुरका सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।

ताजा समाचार

Related Articles