हेटौँडा, असार ४ गते ।
हेटौँडा उपमहानगरपालिकाले वडा नं. १ का वडाध्यक्ष सविन न्यौंपानेमाथि साङघातिक आक्रमणहरुको खोजी गरी कारबाही गर्न माग गरेको छ

नगरप्रमुख मीनाकुमारी लामाले वडाध्यक्षमाथि गरिएको आक्रमणको निन्दा गर्दै तत्काल घटनामा संलग्नभएकाहरुलाई पक्राउ गर्न स्थानीय प्रहरी प्रशासनसँग काग गर्नुभयो ।
घटनापछि उपमहानगरको सभाहलमा बुधबार साँझ आयोजित पत्रको सम्मेलनमा वडाध्यक्षमाथिभएको आक्रणको घटनाको विरोध गर्नुभयो ।

केही समयदेखि हेटौँडा–१ स्वर्गलोक हेटौँडा अस्पताल पछाडि रहेको सार्वजनिक जमिनमा घर टहरा निर्माण गर्न खोज्नेलाई हटाएर सार्वजनिक जग्गा संरक्षण कार्य अघि बढाउँदै आएको सन्दर्भमा वडाध्यक्ष न्यौपानेमाथि आक्रमणको घटनभएको हो ।

पत्रकार सम्मेलनमा वडाध्यक्ष न्यौपानेले कार्यकक्षमा बसिरहेको समयमा बुधबार दिउँसो ३ः४० बजेको समयमा आफूमाथि आक्रमण भएको जानकारी दिनुभयो ।
चार पाँच जनाको समुहमा मास्कलगायतका कार्यकक्षमा छिरे, फाइल पेस गरेपछि बोतलबाट मोविल निकालेर अनुहारमा फाले, मुक्का हान्न कार्य गरेको थिए । हल्लाखल्ला गरेर ठुलो स्वरमा कराउन थालेपछि उनीहरु त्यहाँबाट भागे वडाध्यक्ष न्यौपानेले भन्नुभयो ।

केही दिनअघि देखि हेटौँडा अस्पताल पछाडि रहेको सार्वजनिक जमिनमा सुकुम्वासी ल्याएर राख्ने केही व्यक्तिले उक्त घटना गराएको हुनसक्ने भन्दै उहाँले भन्नुभयो, यो मेरो व्यक्तिगत कुरा पनि होइन राजनीतिक विषय पनि होइन । उहाँले भन्नुभयो, यो त आतङ्ककारी घटना हो, यसले सुरक्षा चुनौती बढायो ।

वडाध्यक्ष न्यौंपानेको टाउकोमा चोट समेत लागेको छ । उपमहानगरपालिकाको कार्यपालिका बैठकले सार्वजनिक जमिन संरक्षण गर्ने गरी सार्वजनिक सूचना प्रकाशित गरी कार्यान्वयनमा लैजाने तयारी गरिहेको छ ।
