खासकुरा संवाददाता
हेटौँडा, असार ६ गते । दोलखा जिल्लाको भीमेश्वर नगरपालिका वडा नं.९ स्थित झिँगानेमा जंगली च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी भएका छन् ।

स्थानीय वर्ष ४८ का मिनबहादुर तामाङ, निजकै श्रीमती वर्ष ४४ कि सानी तामाङ, निजको बुहारी वर्ष २८ की सोममाया तामाङ, निजको नाती वर्ष पाँचको आरिच तामाङ र निज कै नाती नौ महिनाको निर्मल तामाङसहित पाँच जनाले बिहीबार जंगली च्याउ खाँदा रामी भएको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जनाएको छ ।

जंगली च्याउ खाइ अस्वस्थ भएपछि च्छो–रोल्पा अस्पताल चरीकोट दोलखामा उपचारभएको छ । सोम माया तामाङको अबस्था मध्यम र बाँकी चार जनाको अवस्था सामान्य रहेको प्रहरीको भनाई छ ।
