वडाध्यक्ष खड्काको प्रश्नः के अब जनप्रतिनिधिले फलामको टोपी लगाएर काम गर्ने हो ?

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, असार ६ गते । हेटौँडाका व्यापारीपछि जनप्रतिनिधिमाथि आक्रमणको घटना भएसँगै प्रहरी प्रशासनसमक्ष शान्ति सुरक्षाका सवालमा प्रश्न गर्न थालिएको छ ।

यस्तै प्रश्न शुक्रबार मकवानपुरका प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा पुगेर जनप्रतिनिधिले गरेका छन् ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ समक्ष हेटौँडा उपमहानगरपालिका वडा नं १ का वडाध्यक्ष सविन न्यौपानेमाथि भएको आक्रमणको घटनाको बारेमा ध्यानाकर्षण गराउन गएको नेपाली काँग्रेस हेटौँडा उपमहानगर समितिका पदाधिकारीसहित हेटौँडा उपमहानगरपालिकाका जनप्रतिनिधिहरुको टोलीले प्रजिअ श्रेष्ठलाई शान्ति सुरक्षाको बारेमा प्रश्न उठाएका हुन् ।

हेटौँडा उपमहानगरपालिका १४ का वडाध्यक्ष दीपक खड्काले जनप्रतिनिधिमाथि सुरक्षा चुनौती बढेको भन्दै यसअघि पनि वडा नंं. ४ का वडाध्यक्षमाथि गलत कार्यभएको बताउनुभयो । चन्दा आतंक बढेको छ, असुरक्षा बढेको छ उहाँले प्रश्न गर्नुभयो, हाम्रो सुरक्षा भएन, के अब जनप्रतिनिधिले फलामको टोपी लगाएर काम गर्नु पर्ने अवस्था आएको हो ? अब अरु उपाय के छ ?
उहाँले अगाडि भन्नुभयो, हामी असुरक्षित भयौ, जनता र जनप्रतिनिधिलाई सुरक्षाको प्रत्याभूति दिलाउनु आवश्यक छ ।

असुरक्षाका बिच जनप्रतिनिधिले कसरी काम गर्ने ? उहाँको प्रश्न थियो, हामीलाई रात बिहान जतिबेला जहाँ पनि जनताले बोलाउँछन् अब कसरी जाने ।
जिल्ला प्रहरी कार्यालयबाट ५० मिटरको दुरीमा रहेको वडा कार्यालयमा वडाध्यक्षको कार्यकक्षमा आक्रमण गर्नेलाई अझै नियन्त्रणमा लिनु नसक्नु प्रहरी प्रशासनको कमजोरीभएको वडाध्यक्ष खड्काले औँल्याउनुभयो ।

ताजा समाचार

Related Articles