एमपिएको परीक्षा दिँदै गरेको अवस्थामा नक्कली परीक्षार्थी पक्राउ

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, असार ११ गते । प्रहरीले एमपिए तेस्रो सेमेस्टरको परीक्षा दिँदै गरेका एक नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका १४ स्थित जनप्रशासन क्याम्पस एमपिए तेस्रो सेमेस्टरमा अध्ययनरत दानबहादुर रोकायाको तर्फबाट परीक्षामा सहभागी भएका जुम्ला जिल्ला चन्दननाथ नगरपालिका ८ घर भइ काठमाडौँ महानगरपालिका ४ धुम्वाराही बस्ने केशव रोकायालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौँले जनाएको छ ।

मंगलबार परीक्षा दिइरहेको अवस्थामा २६ वर्षीय केशव रोकायालाई पक्राउ गरी शिक्षा सम्बन्धी ऐन कसूर मुद्दामा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पाँच दिनको म्याद थप अनुमति प्राप्त भइ अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर, काठमाडौँका सूचना अधिकारी प्रहरी उपरीक्षक अपील राज बोहराद्वारा बुधबार जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

जनप्रशासन क्याम्पसले आवश्यक अनुसन्धान तथा कारबाही गरी दिन हुन भन्दै पत्राचार गरेपछि निज नक्कली परीक्षार्थी केशव रोकायालाई प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो ।

ताजा समाचार

Related Articles