भीमफेदीको नीति तथा कार्यक्रममा कृषि र पर्यटनमा जोड

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, असार ११ गते । मकवानपुरको भीमफेदी गाउँपालिकाले कृषि, पर्यटन र पूर्वाधार विकासलाई जोड दिएर आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याएको छ ।

पालिकाको मंगलबारभएको गाउँसभाको १२ औँ अधिवेशनमा गाउँपालिका उपाध्यक्ष सञ्जीव श्रेष्ठले आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम कार्यान्वयन गर्न ९० करोड छ लाख ४३ हजार रुपियाँ बराबरको बजेट प्रस्तुत गर्नुभयो ।

गाउँपालिकाले आगामी आवमा तरकारी प्रशोधन केन्द्र, ऐतिहासिक महत्वको भीमफेदी बजारलाई व्यवस्थित गर्ने,
अनौपचारिक क्षेत्रका श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गर्ने कार्यक्रमलाई निरन्तरता दिने, पालिकाभित्र पर्यटकीय क्षेत्रको प्रवद्र्धन र गाउँपालिका केन्द्र र सबै वडा जोड्ने सडक बाह्रै महिना चल्ने गरी स्तरोन्नति गर्ने गरी आगामी आवको नीति तथा कार्यक्रम ल्याइएको छ ।

गाउँपालिका अध्यक्ष हिदम लामाको अध्यक्षतामा भएको गाउँसभाले स्वीकृत गरेको नीति तथा कार्यक्रममा कृषि उपज संकलन र उत्पादित बालीहरुको विविधिकरण तथा प्रशोधनमा विशेष प्राथमिकता राखेर कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ ।

गाउँपालिका उपाध्यक्ष श्रेष्ठले भीमफेदीलाई सांस्कृतिक सहरको रुपमा विकास गर्न आवश्यक योजनाहरु अगाडि बढाइने भन्दै गाउँमा नै रोजगारी सिर्जना गर्ने कार्यक्रमहरु आगामी आवमा सञ्चालन गरिने बताउनुभयो ।

यस्तै केवलकार सञ्चालन तथा अन्य पर्यटन पूर्वाधारका लागि आवश्यक सहजीकरण गर्ने र महाभारत हाइकिङ ट्रयाक निर्माणलाई आगामी आवमा निरन्तरता दिने नीति तथा कार्यक्रममा भनिएको छ ।

मकवानपुरको भीमफेदी गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम Bhimphedi RM- नीति तथा कार्यक्रम २०८२।०८३

ताजा समाचार

Related Articles