काठमाडौँ, असार २७ गते । काठमाडौँ महानगरपालिका, नगर सभाको १७ औँ अधिवेशन असार २९ गते अपरान्ह २ बजे बोलाउने निर्णय भएको छ । महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा आज बसेको ४० औँ कार्यपालिका बैठकले नगर सभाको मिति तोक्ने प्रस्तावमा यस्तो निर्णय गरेको हो । बैठकले ४१ औँ कार्यपालिका बैठक सभा हुने दिन (असार २९) गते विहान बस्ने समेत निर्णय गरेको छ ।

आज नै प्रमुख शाहको अध्यक्षतामा स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको र उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा राजस्व परामर्श समितिको बैठक बसेको थियो । बजेट सीमा निर्धारण समितिको बैठकले आर्थिक वर्ष २०८२/०८३ का लागि २५ अरबको बजेट सीमा निर्धारण गर्ने निर्णय गरेको छ ।
