कौडा खालबाट नगद पाँच लाख र मकवानपुरका एकसहित ११ जना पक्राउ

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, असार ३० गते । ललितपुर महानगरपालिका वडा नं.१६ कोणवहाल स्थित प्रेम महर्जनको घरबाट कौडा खेलिरहेको अवस्थामा ११ जना पक्राउ परेका छन् । महर्जनको घरको तेश्रो तल्लामा महर्जन समेत ११ जना जुवा (कौडा) खेलिरहेका अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर ललितपुरले रकमको हारजित हुने गरी जुवा (कौडा) खेली रहेको अवस्थामा कौडा र नगद पाँच लाख उन्नाईस हजार नौ सय रुपियाँसमेत बरामद गरिएको जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका वडा नं. ६ घर भई हाल ललितपुर जिल्ला ललितपुर महानगरपालिका वडा नं. १६ कोनवहाल बस्ने वर्ष ५२ को प्रेम महर्जन (घर धनी), ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका वडा नं. ४ ईमाडोल बस्ने वर्ष ४८ को रबिन्द्र दहाल, महालक्ष्मी नगरपालिका वडा नं. ८ बस्ने वर्ष ४७ को शंखर माली र महालक्ष्मी नगरपालिका वडा नं. ११ बस्ने वर्ष ६९ को चौठीमुनी वज्राचार्य रहेका छन् ।

यस्तै खोटाङ जिल्ला केपिलाशगढी गाउँपालिका वडा नं. १ घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका वडा नं. ४ एकान्तकुना बस्ने वर्ष २२ को पूर्वा शेर्पा, दोलखा जिल्ला बैतेश्वर गापा वडा नं. १ घर भई हाल महालक्ष्मी नगरपालिका वडा नं. २५ भैसेपाटी बस्ने वर्ष ३६ को कल्याण तामाङ र काभ्रेपालाञ्चोक मण्डनदेउपुर नगरपालिका वडा नं. ५ घर भई हाल काठमाडौँ जिल्ला गोकर्णेश्वर नगरपालिका ५ बस्ने वर्ष ४५ को केशव नेपाललाई प्रहरीले पक्राउ गरेको छ ।

यसैगरी चितवन जिल्ला रत्ननगर नगरपालिका वडा नं. १५ घर भई हाल महालक्ष्मी नगरपालिका वडा नं. १७ ग्वार्कोका वर्ष ५० का वीरबहादुर वाईवा, ललितपुर महानगरपालिका वडा नं. ११ बस्ने वर्ष ५६ दिलेक बज्राचार्य, गोकर्णेश्वर नगरपालिका. ५ बस्ने वर्ष ५१ को गोकुलप्रसाद चौलागाई र काठमाडौँ जिल्ला बुढानिलकाण्ठ नगरपालिका वडा नं. ११ बस्ने वर्ष ४८ की लक्ष्मी सुब्बालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

ताजा समाचार

Related Articles