महिला फुटबल टोलीकी कप्तान साम्बा सम्मानित

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, साउन १७ गते । सञ्चारिका समूह मकवानपुरले नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ लाई हेटौँडामा सम्मान गरेको छ । सञ्चारिका समूहले ‘देश चिनाउनेसँग हाम्रो चिनजान एवं सम्मान कार्यक्रमको आयोजना गरी साम्बालाई शनिबार हेटौँडामा सम्मान गरेको हो ।

सञ्चारिका समूह मकवानपुरकी अध्यक्ष सानुमाया गुरुङ (निशा)को अध्यक्षतामा भएको कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका नगर उपप्रमुख राजेश बानियाँ र हेटौँडा स्कुल अफ म्यानेमेन्टका सञ्चालक पुरनबहादुर जोशीले कप्तान साम्बालाई ५० हजार रुपियाँ नगदसहित सम्मान प्रदान गर्नुभएको थियो । उक्त पुरस्कारको व्यवस्थापन हेटौँडा स्कुल अफ म्यानेमेन्टले गरेको हो ।

कार्यक्रममा साम्बाले अभावका बिच र संघर्षपूर्ण जीवनका कारण अहिलेको सफलता हात लागेको भन्दै आफूले मोजाको फुटबल बनाएर फुटबल खेल जीवन सुरुवात गरेको सुनाउनुभयो ।
कार्यक्रममा नगरउपप्रमुख बानियाँ, मकवानपुरकी प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी, अखिल नेपाल फुटबल संघ एन्फाका केन्द्रीय सदस्य टीका लामा, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद सिं रानाभाट, सञ्चारिका समुह मकवानपुरकी उपाध्यक्ष जमुना तामाङ, समुहका पूर्व अध्यक्ष सरिता दाहाललगायतले बोल्नुभएको थियो ।

ताजा समाचार

Related Articles