हेटौँडा, साउन १८ गते । पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका ९ स्थित रजैया सडक खण्डमा स्कुटरले पैदलयात्रीलाई ठक्कर दिएपछि स्कुटर दुर्घटना हुँदा चालकसहित तीन जना घाइतेभएका छन् ।
बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाका अनुसार चितवनबाट हेटौँडा तर्फ आउँदै गरेको बा.प्र.०३–००२ प १७४२ नम्बरको स्कुटरले बाटो क्रस गर्दै गरेकी पैदलयात्रीलाई शनिबार ठक्कर दिई स्कुटर समेत अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा परी घाईते हुनेहरुमा पैदलयात्री मनहरी गाउँपालिका ९ रजैयाकी ५० वर्षीया कान्छी लामा, स्कुटर चालक चितवन जिल्ला खैरेनी नगरपालिका ९ का २५ वर्षीय सिरिल बस्नेत र स्कुटरमा पछाडि सवार चितवन राप्ती नगरपालिका ७ डडुवाकी अमृता पुलामी मगर रहेका छन् ।
घाईतेको उपचारको लागि भरतपुर पठाएको र स्कुटर इलाका प्रहरी कार्यालय मनहरीको नियन्त्रणमा रहेको प्रहरीको भनाई छ ।




