मउवासंघको ५९औं स्थापना दिवसको अवसरमा खाद्यान्न सहयोग

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, साउन १८ गते । मकवानपुर उद्योग वाणिज्य संघले आफ्नो ५९ औँ स्थापना दिवसको अवसरमा हेटौँडाका संस्कृत विद्यालयमा खाद्यान्न सहयोग गरेको छ ।
संघले हेटौँडा उपमहानगरपालिका १०, राप्ती तटस्थित गोरक्षश्वरधाममा रहेको संस्कृत वेद विद्यालय र हेटौँडा–१८, ठूलोदमार, हर्नामाडीस्थित वैदिक संस्कृत गुरुकुलम्मा आइतबार छुट्टाछुट्टै कार्यक्रमका बिच खाद्यान्न सहयोग गरी स्थापना दिवस मनाएको हो । मउवासंघका अध्यक्ष प्रमोद सिंह रानभाटको अध्यक्षता तथा हेटौँडा–१० का वडाध्यक्ष फुर्वा दोर्जे लामाको प्रमुख आतिथ्य तथा संस्कृत वेद विद्यालयका प्रधानाध्यापक गणेश धितालको आतिथ्यमा खाद्यान्न उक्त विद्यालयमा खाद्यान्न हस्तान्तरण गरिएको थियो । संस्कृतसहित अंग्रेजी विषयको पनि अध्यापन भइरहेको सो विद्यालयमा ४० जना अध्ययनरत रहेका छन् ।

त्यसैगरी हेटौँडा–१८ स्थित वैदिक संस्कृत गुरुकुलम्मा मउवासंघका अध्यक्ष रानाभाटको अध्यक्षता तथा हेटौँडा–१८ का वडाध्यक्ष अनिल वानियाँको प्रमुख आतिथ्यता भएको कार्यक्रममा खाद्यान्न हस्तान्तरण गरिएको थियो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका उपाध्यक्ष केशवराज पण्डित, संघका सचिव नेत्रप्रसाद खतिवडा, महिला उद्यमी विकास समितिका सभापति सीतादेवी भेटवाल, कार्यसमिति सदस्य भुपेन्द्र अधिकारीलगायतको आतिथ्यता रहेको थियो ।
विद्यालयको जडिबुटी खेती, गौशालालगायतको स्थापना गर्ने उद्देश्य राखेको उक्त विद्यालयमा १९ जना विद्यार्थी अध्ययनरत रहेको कार्यक्रममा जानकारी गराइएको थियो ।

ताजा समाचार

Related Articles