बुद्धचित्त मालासहित दुई चिनियाँ नागरिक पक्राउ

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, साउन २९ गते । प्रहरीले श्रोत नखुलेको नगद र बुद्धचित्त माला सहित दुई जना चिनियाँ नागरिक पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौँका अनुसार काठमाडौं महानगरपालिका वडा नं. २६ ठमेलस्थित जे.पी. रोडमा रहेको एक होटलमा बुद्धचित्त मालाको अवैद्य कारोवार गरिरहेको अवस्थामा उक्त होटलको कोठा नम्बर ४०४ र ६०३ बाट दुई जना चिनियाँ नागरिकलाई बुधबार पक्राउ गरिएको हो ।
उनीहरुलाई शंकास्पद अवस्थामा फेला पारी निजहरुको शरीर तथा कोठाहरु तलासी गर्दा निजहरुको साथबाट ११५.६५ केजी बुद्धचित्त माला र श्रोत नखुलेको नेपाली नगद १२ लाख ७० हजार बरामद गरी नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक अपील राज बोहराले जानकारी दिनुभयो ।
पक्राउ पर्नेमा वर्ष ४६ र वर्ष २३ का चिनियाँ नागरिक रहेका छन् । उनीहरुको साथबाट नेपाली नगदसहित वुद्धचित्तको दाना, मोबाइल तीन थान र पासपोर्ट दुई थान प्रहरीले बरामद गरेको छ । घटनाका बारेमा थप अनुसन्धान कार्य भइरहेको प्रहरीको भनाई छ ।

ताजा समाचार

Related Articles