तास खेल्दै गरेका छ जना नगदसहित नियन्त्रणमा

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, साउन २९ गते । जिल्ला प्रहरी परिसर, काठमाडौँले जुवा तास खेल्ने छ जनालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला काठमाडौं महानगरपालिका वडा नं. २६ मित्र नगरस्थित एसपिएस गेष्ट हाउसको पहिलो तलाको कोठा नम्बर ५०४ मा जुवा तास खेलिरहेको अवस्थामा नगदसहित बहिीबार नियन्त्रणमा लिइएको हो ।
उक्त गेष्ट हाउसमा जुवा तास खेलिरहेको अवस्थामा एक लाख २३ हजार रुपियाँ र तास तीन बुक सहित बरामद गरी नियन्त्रणमा लिई र प्रहरी वृत्त महाराजगंजबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
नियन्त्रणमा लिइएकाहरुमा काठमाडौँ जिल्ला तारकेश्वर नगरपालिका वडा न. ५ घर भई हाल काठमाडौँ महानगरपालिका २६ मित्र नगर बस्ने वर्ष ४२ का सूर्य लामा,
नुवाकोट जिल्ला ककनी गाउँपलिका वडा न. ६ घर भई तारकेश्वर नगरपालिका बस्ने वर्ष ३५ का दिपेश लामा रहेका छन् । यस्तै प्रहरीले काभ्रे जिल्ला खानीखोला गाउँपालिका वडा न. ६ घर भई हाल काठमाडौँको रानीवन बस्ने वर्ष ४१ का रेशम लामा, काठमाडौँको शेषमति बस्ने वर्ष ६१ का मंगल बहादुर लामा, मनमैजु बस्ने वर्ष ४० का देवेन्द्र लामा र लोलाङ बस्ने वर्ष ४५ का बुद्ध लामालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक अपील राज बोहराले जानकारी दिनुभयो ।

ताजा समाचार

Related Articles