गाँजासहित मकवानपुरबाट एक जना पक्राउ

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, साउन २९ गते । मकवानपुर प्रहरीले गाँजासहित एक जना पक्राउ गरेको छ ।
हेटौँडा उप महानगरपालिका वडा नं. १५ रातोमाटे चेकपोईन्ट स्थित पूर्व पश्चिम सडक खण्डमा सवारी साधनहरु रोकी जाँच गर्ने क्रममा चितवन राप्ती नगरपालिका वडा नं. १२ तिरुवाका वर्ष २७ का रोहित चेपाङलाई पक्राउ गरिएको जिल्ला प्रह्री कार्यालय मकवानपुरले जनाएको छ ।
नारायणगढबाट वीरगंजतर्फ जाँदै गरेको ना ७ ख ६९१ नं.को यात्रु बाहक बसमा सवार चेपाङले बोकेको झोलाभित्र लुकाई ल्याईएको अवस्थामा सात किलो ४५० ग्राम लागूऔषध गाँजा फेला परेको थियो । निज रोहित चेपाङलाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालत हेटौँडाबाट लागूऔषध कसुर मुद्दामा म्याद अनुमती लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरीको भनाई छ ।

ताजा समाचार

Related Articles