आखेटोपहारसहित एक जना पक्राउ

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, साउन ३० गते । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नं.३ कर्कले स्थित गोकुलेश्वर–मार्मा सडक खण्डबाट प्रहरीले चितुवाको जस्तो देखिने छाला (आखेटोपहार) सहित एक जना पक्राउ गरेको छ ।
शंकास्पद रुपमा हिडिरहेको अवस्थामा बैतडीको पुर्चौडी नगरपालिका ७ ऐर गाउँ बस्ने वर्ष ५० को भान सिंह ऐरलाई आखेटोपहारसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

निजको साथमा रहेको कालो झोला जिल्ला प्रहरी कार्यालय दार्चुला र इलाका प्रहरी कार्यालय गोकुलेश्वर दार्चुलाबाट गएको सयुक्त प्रहरी टोलीले जाँच गर्दा उक्त झोला भित्र लम्बाई ६ फिट ३ ईन्च (शिर देखि पुच्छर सम्म) ,अगाडि खुट्टाको चौडाई ३ फिट १०ईन्च , पछाडि खुट्टाको चौडाई ३फिट ८ ईन्च ,कम्मरको भागको चौडाई १फिट १० ईन्च चितुवाको जस्तो देखिने छाला बरामद गरिएको थियो ।
पक्राउपछि कारबाहीको लागि डिभिजन वन कार्यालय दार्चुला पठाईएको प्रहरीले जनाएको छ ।

ताजा समाचार

Related Articles