रेडप्लस सुरक्षा दस्तावेजका बारेमा छलफल

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, भदौ २ गते । लिफ कार्यक्रम, रेडप्लस सुरक्षा दस्तावेजहरु परामर्श छलफल सोमबार हेटौँडामा सम्पन्न भएको छ । वन तथा वातावरण मन्त्रालय अन्तर्गतको रेड कार्यान्वयन केन्द्रको आयोजनामा नेपालले तयार गरेको (मस्यौदा) सरोकारवाला संलग्नता योजना, गुनासो व्यवस्थापन संयन्त्र, लिफ कार्यक्रम एकीकृत व्यवस्थापन योजना र रेड प्लस सुरक्षा योजनालगायतका विषयमा सरोकारवाला परामर्श कार्यशाला सम्पन्न भएको हो ।
नेपालले वनसंरक्षण र जलवायु परिवर्तन न्यूनीकरणमा योगदान गरे बापत बिकसित राष्ट्रबाट प्रोत्साहन स्वरूप प्राप्त हुने अर्वाैँ रूपियाँ जलवायु वित्त सुनिश्चित गर्न विभिन्न दस्तावेजहरू पेश गर्नुपर्ने हुन्छ ।
कार्यक्रममा विभिन्न दस्तावेजहरू बारे डा. नयाँ शर्मा पौडेल, डा. नवीन भट्टराईलगायतको प्रस्तुतीकरण र छलफलपछि सरोकारवालाहरूको सुझाव संकलन गरिएको थियो ।
कार्यक्रममा बागमती प्रदेशका प्रदेश वन निर्देशक विद्यानाथ झा, रेड कार्यान्वयन केन्द्रका प्रमुख नवराज पुडासैनी र वन तथा वातावरण मन्त्रालय बागमती प्रदेशका महाशाखा प्रमुख शिव सापकोटाले रेड, जलवायु वित्त र नेपालले जारी राखेको प्रयास र तयार गरेका दस्तावेजका अवधारणाका बारेमा जानरी गराउनुभएको थियो ।
कार्यक्रममा प्रदेशको वन तथा वातावरण मन्त्रालय, प्रदेशको वन निर्देशनालय, डिभिजन वन कार्यालयहरूका प्रमुख, रेड फोकल व्यक्ति, फेकोफन, नेफिन, नेपाल आदिवासी जनजाति महिला महासंघ, कवुलियती वन सञ्जालका पदाधिकारीहरू, वन क्याम्पसका प्राध्यापकलगायतको सहभागिता रहेको थियो ।
कार्यक्रमको सहजीकरण स्वतन्त्र वनविज्ञ श्री गोपाल काफ्लेले गर्नुभएको थियो ।

ताजा समाचार

Related Articles