लालित्य सिर्जना समाजको प्रथम वार्षिकोत्सब सम्पन्न

लोकप्रिय

हेटौँडा, भदौ ४ गते । लालित्य सिर्जना समाज, ललितपुरले प्रथम वार्षिकोत्सब बुधबार एक विशेष कार्यक्रम गरी मनाएको छ ।
समाजका अध्यक्ष बुद्धिमान महर्जनको सभापतित्व तथा महालक्ष्मी नगरपालिका प्रमुख हरिगोविन्द श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा लोक गीतगायक रत्न बेहोसी, लोकगीत गायिका तीर्थकुमारी थापा, नाटककार मनहरि भण्डारी, साहित्यकार धर्मनिभा बज्राचार्य, हस्तकला कलाकार तथा प्रशिक्षक चिरीमाया महर्जन, साहित्यकार श्रीराम पौडेल, सगरमाथा आरोही कल्पना महर्जन, समाजसेवीद्वय इन्द्रकुमार श्रेष्ठ र श्रीमती विष्णु श्रेष्ठलाई सम्मान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख श्रेष्ठले लालित्य सिर्जना समाजले साहित्य मार्फत् पु¥याएको योगदानको प्रशंसा गर्दै
साहित्य क्षेत्रको उन्नयनका लागि नगरपालिकाले सहयोग गर्ने बताउनुभयो ।
उप–प्रमुख लक्ष्मी महर्जनले महालक्ष्मी नगरपालिकालाई चिनाउन सहयोग पु¥याउने विभिन्न क्षेत्रमा ख्यातिप्राप्त व्यक्तित्वहरूलाई सम्मान गरेर लालित्य सिर्जना समाजले प्रशंसनीय कार्य गरेको बताउनुभयो ।
समाजको वार्षिक मुखपत्र ’लालित्य’ स्मारिकाको विमोचन गरिएको उक्त कार्यक्रममा साहित्यकारद्वय शैलेन्द्र साकार र  प्रा.डा. गोविन्दमानसिंह कार्की, समाजका सल्लाहकारद्वय कृष्ण प्रधान र दिव्य गिरी, समाजकी सदस्य सचिव जुमन किरण, सम्मानित व्यक्तित्वहरू रत्न बेहोसी, तीर्थकुमारी थापा, कल्पना महर्जन र ईन्द्रबहादुर श्रेष्ठले मन्तव्य राख्नुभएको थियो ।
सगरमाथा आरोही कल्पना महर्जनले मुक्तक वाचन गर्दै सगरमाथा आरोहणको प्रसङ्ग उठाउँदै २०७५ र २०७६ मा  सगरमाथाको सफल आरोहण गरेको बताउनुभयो ।
कार्यक्रममा विमल भौकाजी, ममता मृदुल, उषा केसी, सुभाषचन्द्र पौडेल’भीमफेदीया’, प्रवीण जोशी, ईश्वर पोखरेललगायतको उपस्थिति रहेको थियो ।

ताजा समाचार

Related Articles