अनेमसंघकोे तिज विशेष कार्यक्रम सम्पन्न .

लोकप्रिय

हेटौँडा, भदौ ४ गते । अखिल नेपाल महिला संघ ( समाजवादी ) जिल्ला कार्यसमिति मकवानपुरको आयोजनामा बुधबार तिज विशेष कार्यक्रम सम्पन्न भएको छ ।
संघकी जिल्ला अध्यक्ष शुक्रदेवी बलको सभाध्यक्षतामा भएको कार्यक्रममा संघकी केन्द्रीय अध्यक्ष मुनु सिग्देलले महिला हकहित, अधिकारका लागि क्रान्ति गरेको र त्यसको परिणाम अहिले महिलाको अधिकार संवैधानिक रुपमा स्थापित भएको बताउनुभयो ।
देशको प्रमुख स्थानमा महिलाहरु पुगेर नेतृत्व गरेको भन्दै उहाँले हामी महिलाहरुबिचको एकताले मात्र समाज परिवर्तन गर्न र कुरिती हटाउन सकिने बताउनुभयो ।
नेकपा (एकीकृत समाजवादी ) का पोलिटब्युरो सदस्य घनप्रसाद गौतमले महिला एकता आवश्यक रहेको बताउँदै आधा आकाश ढाकेका महिलाहरुले चाहेमा मुलुकको विकासमा कायापलट हुने बताउनुभयो ।
पार्टीका केन्द्रीय सदस्य राजाराम स्याङ्तान, जिल्ला अध्यक्ष विष्णु दाहाललगायतले बोल्नुभएको उक्त कार्यक्रममा प्रगति लेखक संघकी केन्द्रीय उपाध्यक्ष शान्तिप्रिय बन्दनाले चेतनामुलक मुक्तक र कविता वाचन गर्नुभएको थियो ।

ताजा समाचार

Related Articles