त्रिभुवन राजपथ र कान्ति लोकपथ सुचारु

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, भदौ ७ गते । अविरल वर्षासँगै आएको बाढी र पहिरोका अवरुद्ध बनेको त्रिभुवन राजपथ र कान्ति लोकपथ पहिरो पन्छाएर सुचारु गरिएको छ ।
त्रिभुवन राजपथ शनिबार दिउँसो १२ बजेपछि र कान्ति लोकपथ बिहान ११ः१५ बजेबाट पहिरो पन्छाएर सुचारु गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले त्रिभुवन राजपथको हेटौँडा–भैंसे सडक खण्डमा पर्ने भीमफेदी गाउँपालिका १ स्थित बाघझोरा नजिकै आएको पहिरो पन्छाएर एकतर्फी रुपमा सवारी साधन सुचारु गरिएको जनाएको छ ।
शुक्रबार राति १०ः१० बजेको समयबाट उक्त सडक खण्ड अवरुद्ध बनेको थियो ।
यसअघि दिउँसो १५ः१० बजेको समयमा बाघझोरामा गिट्टी बालुवासहितको बाढी आएर अवरुद्ध बनेको सडक पानीको बहाव कम भएसँगै सञ्चालनमा आएपनि सुपारेटार व्यारेक नजिक आएको पहिरोले त्रिभुवन राजपथमा सवारी आवागमन बन्द भएको थियो ।
यस्तै मकवानपुरको भीमफेदी गाउँपालिका ८ भ¥याङडाँडा पहिरोले कान्ति लोकपथ अवरुद्ध भएको मा शनिबार बिहानबाट ११ः१५ बजेबाट उक्त सडक खण्ड सुचारु भएको छ ।
प्रहरीका अनुसार कान्ति लोकपथ पूर्ण रुपमा सुचारु भएको छ ।

ताजा समाचार

Related Articles