काठमाडौँ, भदौ २३ गते । जेन-जीको आन्दोलनका कारण उत्पन्न परिस्थितिप्रति नैतिक जिम्मेवारी लिँदै गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुभएको छ । आज साँझ बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई मन्त्री लेखकले राजीनामा बुझाउनु भएको हो ।

यसैगरी, मन्त्रिपरिषदको बैठकले आज भएको हिंसात्मक घटनाको छानवीन गर्न समिति गठन गर्ने निर्णय पनि गरेको छ। यसैगरी, सामाजिक सञ्जाल खोल्ने विषयमा सकारात्मक छलफल भएको पनि एक जना मन्त्रीले जानकारी दिनुभयो ।




