काठमाडौँ, भदौ २७ गते। राजनीतिक सहमति जुटेसँगै नवनियुक्त्त प्रधानमन्त्रीमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्की नियुक्त हुनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व प्रधानन्यायाधीश कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो । उहाँको आजै पद तथा गोपनीयता शपथ गराउने तयारी भएको राष्ट्रपति कार्यालयले जनाएको छ । प्रधानमन्त्रीमा नियुक्त हुनुभएसँगै उहाँ पहिलो महिला प्रधानमन्त्री बन्नुभएको छ ।




