खासकुरा संवाददाता
हेटौँडा, भदौ २७ गते । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ‘जेनजी’ (नयाँ पुस्ता) जेनजीको प्रदर्शनको क्रममा चोरी गरिएका सामान नकिन्न अनुरोध गरेको छ ।
यही भदौ २३ र २४ गते भएको प्रदर्शनीका क्रमर्मा चोरी तथा लुटपाट भएका सामानहरूको खरिद बिक्री तथा सञ्चय गरेको पाइएमा प्रचलित कानुनअनुसार अनुसन्धान गरी कारबाही हुने सीआईबीले एक सूचना शुक्रबार सार्वजनिक जारी गर्दै चेतावनी दिएको हो ।
यही भदौ २३ र २४ गते भएको प्रदर्शनको क्रममा सरकारी तथा निजी भवन, बैंक बित्तीय संस्थालगायतका संरचनाहरुमा आगजनी र तोडफोड गर्नु पूर्व त्यस्ता भवनहरुमा रहेका ऐतिहासिक दस्तावेज, कागजपत्र, बहुमुल्य बस्तु, हातहतियार, अन्य महत्वपूर्ण जिन्सी तथा नगद सामानहरू लुटपाट गरी बजारमा बिक्री वितरण गरिरहेको भन्ने सूचना प्राप्त भएको सीआईबीले जनाएको छ ।
सीआईबीद्वारा सूचना भनिएको छ, ‘सो सम्बन्धमा यस ब्युरो एवम् अन्य प्रहरी कार्यालयहरूबाट अनुसन्धान भइरहेको हुदाँ त्यस्ता सरसामानहरुको खरिद तथा बिक्री नगर्न नगराउन हुन अनुरोध गरिएको छ ।’




