माछा मार्न गएका एक किशोर बेपत्ता

लोकप्रिय

हेटौँडा, असोज १ गते । बागमती नदीले बगाएर मकवानपुरको बागमती गाउँपालिकामा एक किशोर बेपत्ता भएका छन् ।
बागमती गाउँपालिका १ माझगाउँ खेस्रेखोलाटोलका १८ वर्षीय सोमबहादुर घलान बुधबार दिउँसो ३ः३० बजेको समयमा खोलाले बगाएर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।
बाबु ४८ वर्षीय गुञ्जमान घलान र निजको सोमबहादुर घरदेखि करिब पाँच मिटर पूर्वतर्फ रहेको बागमती नदीमा माछा मार्न गएकोमा माछा मार्ने क्रममा बागमती नदीले सोम बहादुरलाई बगाई बेपत्ता बनाएको हो ।
बेपत्ता भएका सोम बहादुरको स्थानीय र प्रहरीले संयुक्त रुपमा खोजतलास भईरहेको प्रहरीको भनाई छ ।

ताजा समाचार

Related Articles