हेटौँडा, असोज ३० गते । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटासमक्ष प्रदेश लोकसेवा आयोगले प्रतिवेदन बुझाएको छ ।
प्रदेश लोक सेवा आयोग ऐन¸२०७६ को दफा ११२ बमोजिम आयोगले प्रदेश प्रमुख समक्ष कार्यप्रगतिको प्रतिवेदन बुधबार एक कार्यक्रमकाबीच बुझाएको हो ।
प्रदेश लोकसेवा आयोगका अध्यक्ष महेश्वर श्रेष्ठ, प्रदेश सचिब तुल्सिनाथ गौतमलगायतको उपस्थितिमा प्रदेश लोकसेवा आयोगले आ.ब. २०८१।०८२ मा सम्पादन गरेको काम कारबाहीहरु समेटेर तयार गरिएको छैटौं वार्षिक प्रतिवेदन पेश गरेको हो ।
कार्यक्रममा प्रदेश लोकसेवा आयोगका सदस्यहरूको समेत उपस्थिति रहेको प्रदेश कार्यालयका प्रवक्ता देबेन्द्र सापकोटाले बताउनुभयो ।