जेनजी प्रदर्शनीमा प्रहरीमाथि आक्रमण गर्ने दोलखाका घिसिङ पक्राउ

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, कात्तिक २ गते । गत भदौमा भएको जेनजी प्रदर्शनीका क्रममा काठमाडौँमा प्रहरीमाथि आक्रमणमा संलग्नभएको अभियोगमा दोलखा जिल्लाका एक व्यक्तिलाई जिल्ला प्रहरी परिसर, काठमाडौँले पक्राउ परेका छन् ।

दोलखाको शैलुङ गाउँपालिका–१ घर भई काठमाडौँ महानगरपालिका ३२ जडिबुटी बस्ने ४८ वर्षीय गौतम घिसिङलाई प्रहरीले पक्राउ गरेको हो । भदौ २४ गते प्रदर्शनीका क्रममा प्रहरी वित्त नयाँ बानेश्वरमा आगजनी गर्ने, प्रहरी टोलीमाथि आक्रमण गरी बर्दी खोल्न लगाई बागमती नदीमा साङ्घातिक आक्रमण गर्नेलगायतका आपराधिक कार्यमा संलग्न भएकाले घिसिङलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौँका सूचना अधिकारी, प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले जानकारी दिनुभयो ।

प्रदर्शनीका क्रममा प्रहरीमाथि आक्रमण गरेको भिडियो र फुटेजका आधारमा घिसिङलाई पक्राउ गरिएको जनाइएको छ । घिसिङमाथि प्रहरी वृत्त नयाँ बानेश्वरमा आगजनी तथा प्रहरी टोलीमाथि आक्रमण गरि बर्दी खोल्न लगाई बागमती खोलामा सांघातिक आक्रमण गरेको, कर्तव्यपालनमा खटिएका प्रहरीको हतियार तथा गोलीगठ्ठा लुटपाट गरेको आरोप छ ।

जेनजी प्रदर्शनीका क्रममा भदौ २४ गते प्रदर्शनीकारीले प्रहरी चौकी आक्रमण गरेर हतियार लुट्नुका साथै प्रहरीलाई बर्दी खोल्न लगाएर कुटपिट गर्न थालेपछि कतिपय प्रहरी बागमती नदीमा हामफालेका थिए । प्रदर्शनकारीको समूहले बानेश्वर वृत्तका प्रहरीलाई बर्दी खोल्न लगाइ हतियारसमेत लुटेर बागमतीको खोलैखोला लखेटेका थिए ।
पक्राउ परेका घिसिङलाई काठमाडौँ जिल्ला अदालतबाट ज्यान मार्ने उद्योग र आपराधिक उपद्रव गर्न नहुने कसुरमा आठ दिनको म्याद लिएर थप अनुसन्धान भईरहेको भट्टराईले बताउनुभयो । निज घिसिङ २०७९ असोज ४ र फागुन १० गते प्रहरी वृत्त गौशालाबाट बैङ्किङ कसुरमा मुद्दा दर्ता भई फरार रहेको प्रहरीको अभिलेखमा रहेको जनाइएको छ ।

ताजा समाचार

Related Articles