दुर्घटनामा एकको मृत्यु,नौजना घाइते

लोकप्रिय

नारायणगढ,  कात्तिक ४ गते ।  पूर्व पश्चिम राजमार्गको  टिकौली जङ्गलमा  भएको दुर्घटनामा  एकजनाको मृत्यु र  नौजना घाइते भएका छन् ।

मगलवार साझ  ५ बजे  रत्ननगर न.पा. ९ टिकौली जंगल स्थितमा नारायणगढबाट टांडी तर्फ आउँदै गरेको ना३ख ९९८६ नम्बरको मिनि बस र विपरीत दिशाबाट जाँदै गरेको  विएवि ५००८ नम्बरको कार एक आपसमा ठक्कर खाँदा सो दुर्घटना भएको हो ।

बसमा सवार  रत्ननगर न.पा.१० बस्ने वर्ष ३३ की पुजा सुवेदीको भरतपुर अस्पतालमा मृत्यु भएको  प्रहरी नायव उपरिक्षक रविन्द्र खनालले जानकारी दिनुभयो । सुवेदीको अस्पताल पुर्‍याएपछि मृत्यु भएको हो । सुवेदीको ट्रकमा च्यापिएर निधन भएको हो । घाइते सबैको  चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

ताजा समाचार

Related Articles