माछा मार्ने क्रममा करेण्ट लागेर मृत्यु

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, कात्तिक १४ गते । सिन्धुलीको तिनपाटन गाउँपालिका १० लङगुरखोला करेण्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्युभएको छ ।
स्थानीय २० वर्षीय धन बहादुर लामिछाने मगरको करेण्ट लागेर मृत्युभएको हो ।
धनबहादुरसहित ३४ वर्षीय सूर्य पुलामी, १५ वर्षीय रुद्र बहादुर लुङगेली र २७ वर्षीय लेख बहादुर थापा गरी चार जना बुधबार राति लङगुरखोलामा माछा मार्न गएकोमा सो खोला नजिकै रहेको तिलमाया थापा मगरको मानिस नबस्ने घरबाट बिजुलीको लाईन जडान गरी खोलामा माछा मार्ने क्रममा अचानक धन बहादुर लामिछाने मगरलाई करेन्ट लागेर घाईते भएको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जनाएको छ ।
घाइते घनबहादुरलाई उपचारको लागी लङगुरखोला आधारभूत स्वास्थ्य केन्द्र तर्फ लाने क्रममा बाटोमानै मृत्यु भएको थियो ।

ताजा समाचार

Related Articles