खासकुरा संवाददाता
हेटौँडा, कात्तिक १४ गते । दोलखाको जिरी नगरपालिका २ स्थित बुकिनेमा जंगली च्याउ खादा तीन जना बिरामी भएका छन् ।
जिल्ला दोलखा बस्ने दावा कर्म शेर्पाको श्रीमती २६ वर्षीया निशा सुनुवारले घर नजिकै रहेको बुकिने सामुदायिक जंगलबाट ल्याएको नाम नखुलेको जंगली च्याउ खाँदा एकै परिवारमा तीन जन बिरामी भएका हुन् ।
निशाले च्याउ टिपी ल्याएर बुधबार पकाएर खाएपछि श्रीमान् २८ वर्षीय दावा कर्म शेर्पा, दिदी ४० वर्षीया जाङमु शेर्पा र निज निशा सुनुवर तीनै जनालाई झाँडापखाला र वान्ता आउने समस्या भएपछि बिहीबार दिउँसो जिरी अस्पताल जिरी दोलखामा ल्याइ उपचार भइरहेको बाथमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जनाएको छ । तीनै जनाको अवस्था सामान्य रहेको प्रहरीको भनाई छ ।




