अखिल नेपाल फुटबल संघ एन्फाले नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान हरि खड्कालाई राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।

राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक रहेका अष्ट्रेलियन म्याट रसले आफ्नो जिम्मेवारीबाट राजीनामा दिएपछि एन्फाले खड्कालाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो ।

खड्काले हाल एन्फाको टेक्निकल डिरेक्टरको जिम्मेवारी सम्हाली रहनुभएको थियो। खड्काकै नेतृत्वमा अब राष्ट्रिय टोलीले एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेलमा मलेसियासँग नोभेम्बर १८ मा खेल्नेछ ।

एसियन कपमा छनोट हुने समीकरणबाट बाहिरिसकेको नेपालले छनोट प्रतियोगितामा दुई खेल भने खेल्न बाँकी छ । पछिल्ला चार खेलमा नेपालले सबैमा हार बेहोरेको थियो ।




