खासकुरा संवाददाता
हेटौँडा, कात्तिक १५ गते । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले प्रदेश सरकारको बजेट खर्चमा वृद्धि र सुधार ल्याउन नीतिगत सुधार आवश्यकभएको बताउनुभएको छ ।
बागमती प्रदेशको आर्थिक ममिला तथा योजना मन्त्रालयद्वारा शनिबार हेटौँडामा आयोजित वित्तीय संघीयता सुदृढिककरण तथा आगामी कार्यदिशा विषयक अन्तरक्रियात्मक गोष्ठीको उद्घाटनपछि बोल्दै मुख्यमन्त्री बानियाँले सार्वजनिक खरिद प्रणालीमा अहिलेको भएको व्यवस्थाले बोलपत्र आव्हानदेखि बजेट खर्चसम्ममा समस्या रहेकोले सुधार आवश्यक भएको बताउनुभयो ।
उहाँले बोलपत्र आव्हानमा रहेको प्रक्रियागत समस्या र झण्झटका कारण समयमा ठेक्का समयमा नलाग्ने र काम पनि समयमा सुरु नहुजे भएकोले समस्या रहेको बताउँदै सार्वजनिक खरिद ऐनमा संशोधन गरी ठेक्का प्रणालीमा सुधार गर्नु आवश्यकभएको औँल्याउनुभयो ।

सरकारले विनियोजन गर्ने बजेट अधिकतम खर्च गर्दा अर्थतन्त्र चलायमान हुने भन्दै उहाँले भन्नुभयो, संघीय सरकारसँग संवाद गरेर सार्वजनिक खरिद ऐनमा रहेका अहिले रहेको लामो प्रक्रियालाई छोटो बनाउनु पर्छ ।
उहाँले विकासका लागि वित्तीय संघीयतालाई सुदृढ बनाउनु आवश्यकभएको मा जोड दिनुभयो ।

प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङको अध्यक्षतामा भएको कार्यक्रममा मन्त्रालयका सचिव झलकराम अधिकारीले कार्यक्रमका आवश्यकताका बारे चर्चा गर्दै प्रदेशले गरेका असल अभ्यासको आधार प्रदेश सरकारले साझा धारणा बनाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रालयहरुको तर्फबाट प्रदेशले गरेका असल अभ्यास र चुनौतीहरु प्रस्तुतीकरण गरिएको थियो ।

फेडरलिज्म एण्ड लोकलाइजेसन सेन्टरसँगको सहकार्यमा भएको सो कार्यक्रममा विभिन्न प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री, बागमती प्रदेश सरकारका मन्त्रीहरु, सचिवहरुलगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा फेडरलिज्म एण्ड लोकलाइजेसन सेन्टरले प्रकाशन गरेको सातै प्रदेशको आन्तरिक राजस्व प्रवृत्ति विश्लेषण पुस्तिका सार्वजनिक गरिएको थियो ।




