हेटौँडा क्याम्पसको अध्यक्षमा पराजुली पुनः निर्वाचित

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, कात्तिक २२ गते । हेटौँडा क्याम्पस, हेटौँडाको क्याम्पस सञ्चालक समितिको अध्यक्षमा आनन्दराम पराजुली निर्वाचित हुनुभएको ।
क्याम्पसको शनिबार हेटौँडामा भएको १७ औँ क्याम्पस सभाले क्याम्पस सञ्चालक समितिको अध्यक्षमा पराजुलीलाई पुनः निर्वाचित गरेको हो ।

समितिको सदस्यहरुमा बद्रीनाथ शर्मा, प्रदीप कोइराला, नमुना पाण्डे, मदनकुमार दाहाल, रमेश खतिवडा, गुञ्जबहादुर न्यौपाने, श्रीराम खतिवडा, बालगोपाल कंडेल, विवेक राई, सीता विष्ट, वासुदेव दङ्गाल, देवराज गौतम र शिवहरि दाहाल निर्विरोध निर्वाचित हुनुभएको छ ।
क्याम्पस सञ्चालक समितिमा क्याम्पस प्रमुख सदस्य सचिव, त्रिभुवन विश्वविद्यालयका प्रतिनिधि सदस्यसँगै हेटौँडा उपमहानगरपालिका ४ र १६ का वडाध्यक्ष आमन्त्रित सदस्य हुने व्यवस्था रहेको छ ।

यसअघि सञ्चालक समितिका अध्यक्ष पराजुलीको अध्यक्षता तथा डा. गणेश लामाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा हेटौँडा उपमहानगरपालिका नगुप्रमुख मीनाकुमारी लामा, हेटौँडा उपमहानगरपालिका वडा नं. ४ का वडाध्यक्ष नवीन सिग्देल, वडा नं. १६ का वडाध्यक्ष रामकृष्ण कोइराला, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोदसिंह रानाभाट, राजनैतिक दलको तर्फबाट नेकपा एमालेका सीता विष्ट, हेटौँडा क्याम्पसका क्याम्पस प्रमुख बालकृष्ण शर्मालगायतले बोल्नुभएको थियो ।
क्याम्पस समितिमा क्याम्पस सञ्चालक समितिका सदस्यहरु बद्रीनाथ शर्मा र प्रदीप कोइरालाले विभिन्न समितिका प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

 

ताजा समाचार

Related Articles