नक्कली कर्मचारी बनेर ठगी गर्ने तीन जना पक्राउ

लोकप्रिय

हेटौँडा, कात्तिक २६ गते । नक्कली कर्मचारी बनेर अनलाईनबाट सामानको अर्डर गरी ठगीमा संलग्न भएका तीन जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ ।
आफूलाई सूर्य नेपालको कर्मचारी भन्दै कम्पनीको लागि सामान खरिद गर्ने बहानामा व्यापारीहरूलाई विभिन्न मितिमा ठगी गर्ने तीन जनालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा वीरगंज महानगरपालिका वडा नं. २४ बस्ने वर्ष २८ का राजु सर्राफ, वडा नं. १९ बस्ने वर्ष ४० का रामराउत कुर्मी र वडा नं. ३२ टेटा घर भई हाल हेटौँडा उपमहानगरपालिका वडा नं. १० टिसनरोडमा डेरा कोठा भाडा लिई बस्ने वर्ष ४० का नितेशकुमार केशरी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीले जानकारी दिनुभयो ।

व्यवसायीहरुलाई अनलाईनबाट सामानको अर्डर गरी रकम जम्मा गरेको नक्कली बंैक भौचर ह्वाटसएप मार्फत पठाई १७ लाख ८७ हजार रुपियाँ बराबरको सामानहरु वीरगंजतर्फ पठाई उनीहरु ठगी गर्ने कार्यमा संलग्न रहेको पाइएको छ ।
तीनै जनालाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालत हेटौँडाबाट म्याद अनुमती लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरीको भनाई छ ।

ताजा समाचार

Related Articles