खासकुरा संवाददाता
हेटौँडा, मंसिर ६ गते । नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले कांग्रेसको १५ औं महाधिवेशनको छिटो हुनुपर्नेमा जोड दिनुभएको छ ।
१५ औं महाधिवेशन नियमित कि विशेष, निर्वाचन अघिकी पछि भनेर पार्टीभित्र जारी बहसलाई चलिरहेको सन्दर्भमा जिल्ला सभापति लामाले शनिबार पत्रकार सम्मेलन गरी यस्तो धारणा सार्वजनिक गर्नुभएको हो ।
समसामयिक राजनीति र कांग्रेसको महाधिवेशनका बारेमा धारणा राख्नुभएका सभापति लामाले महाधिवेसनको मिति छिटो टुङ्गो लगाउनुपर्ने बताउनुभयो ।

विशेष वा नियमित महाधिवेसन जे भएपनि जुन अधिवेशन गर्ने भएपनि छिटो निक्र्यौल हुनुपर्छ सभापति लामाले भन्नुभयो, अब महाधिवेशन नियमित वा विशेष, निर्वाचन अघिकी पछि भनेर बस्ने छुट छैन ।
विशेष अधिवेशन वा नियमित महाधिवेसनको बारेमो टुङ्गो लगाएर निर्वाचनको तयारी गर्नु पर्ने उहाँले बताउनुभयो ।
कम्युनिष्ट पार्टीसँगको चुनावी तालेमल र सत्ता साझेदारीको प्रभाव कांग्रेसको राजनीतिमा परेको देखिन्छ, सभापति लामाले त्यही प्रभाव कांग्रेसले गर्ने निर्णयमा परेको छ, कांग्रेसमा अलमल देखिएको छ ।
उहाँले महाधिवेशन ‘नियमित कि विशेष’ भन्ने विवादभन्दा माथि उठेर कांग्रेसको आफ्नै मौलिकतामा रहेर काम गर्नुपर्ने बताउनुभयो ।
कांग्रेस मकवानपुरका पूर्व सभापति माइकल रामचन्द्र अर्यालले विधानअनुसार समयमै महाधिवेशन हुनु पर्ने बताउनुभयो ।




