शैक्षिक सामग्री वितरण

लोकप्रिय

हेटौँडा, मंसिर ७ गते । मकवानपुरको राक्सिराङ गाउँपालिका ३ लावती स्थित श्री प्राथमिक विद्यालयमा शैक्षिक सामग्री वितरण गरिएको छ । ग्रामिण असहाय बालबालिका सामुदायिक पुनःस्थापना केन्द्रको सहयोगमा एक कार्यक्रमका बिच विद्यालय पोशाक, स्विटरलगायत शैक्षिक सामग्रीहरू वितरण गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि वडा नम्बर ३ का वडाध्यक्ष उत्तम वाइबाले ग्रामीण क्षेत्रका बालबालिकाको शैक्षिक उज्यालो भविष्य निर्माण सबैको जिम्मेवारी भएको उल्लेख गर्नुभयो ।

उनीहरू विद्यालयमा के सिकिरहेका छन्, उनीहरूको अनुशासन, संस्कार र पठनपाठनको वातावरण कस्तो छ भन्ने बुझ्न अभिभावक आफै विद्यालय पुग्नुपर्छ। अभिभावक सक्रिय भए मात्र सिकाइको गुणस्तर अझ उच्च हुन्छ, उहाँले बताउनु भयो ।
शैक्षिक सामग्री अभावकै कारण धेरै ग्रामीण बालबालिका नियमित रुपमा विद्यालय आउन नपाउने समस्या समाधान गर्न यस प्रकारका सहयोगले ठूलो प्रेरणा पुगेको बिद्यालय व्यवस्थापन समितिले जनाएको छ ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष हिरालाल थिङ, प्रधानाध्यापक पृथ्वी वाइबा, सहयोगी संस्थाको प्रतिनिधि मानव वाइबालगायतको सहभागिता थियो ।

ताजा समाचार

Related Articles