इलाका प्रहरी कार्यालय फापरवारीलाई ल्यापटप सहयोग

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, मंसिर ७ गते । मकवानपुरको बागमती गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय फापरवारीलाई ल्यापटपलगायतका विद्युतीय उपकरण सहयोग प्राप्त भएको छ ।
आइतबार बागमती गाउँपालिका कार्यालय र बागमती गाउँपालिका वडा ८ नम्बरस्थित सामुदायिक वन उपभोक्ता समुहहरुले  ल्यापटप, कम्प्युटर, प्रिन्टर र ईन्भर्टर सहयोग प्रदान गरेको हो ।

कोन्जोसोम र मुलडाँडा सामुदायिक वन उपभोक्ता समितिले एक थान ल्यापटप, कालिवेदघारी र अमृता सामुदायिक वन उपभोक्ता समितिले एक थान कम्प्यूटर र ईन्भर्टर सेट तथा बागमती गाउँपालिा कार्यालयले प्रिन्टर एक थान इलाका प्रहरी कार्यालय फापरवारीलाई एक कार्यक्रमका बिच हस्तान्तरण गरेको छ ।

ताजा समाचार

Related Articles