बागमती प्रदेशका नवउद्यमी सम्मानित

लोकप्रिय

मकवानपुर, मङ्सिर ९ गते । बागमती प्रदेश सरकारले प्रदेशभित्रका १४ जना उत्कृष्ट नवउद्यमीलाई सम्मान गरेको छ ।
बागमती प्रदेशको उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको आयोजनामा मङ्गलबार हेटौँडामा भएको ११ औँ उद्योग दिवस एवं नवप्रवर्तन उद्यमी सम्मान कार्यक्रममा उत्कृष्ट नवउद्यमीलाई सम्मान गरिएको हो ।
बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले उत्कृष्ट नवउद्यमीलाई सम्मान गर्नुभयो ।

कार्यक्रममा नुवाकोटको चिया कृषि फर्मलाई एक लाख रुपियाँसहित सर्वोत्कृष्ट उद्यमी सम्मानबाट मुख्यमन्त्री बानियाँले सम्मान गर्नुभएको थियो ।
साथै बनेपाको नमुना एग्रो प्रोडक्स, दोलखाको ग्लेक्सी मौरी फर्म भक्तपुरको चम्पक पाउँ उद्योग, काठमाडौँको द हाइल्याण्ड आर्ट फेसन डिजाइन एण्ड टे«निङ, सिन्धुपाल्चोकको जौडाँडा ढाका उद्योग र रसुवाको राजेश कृषि तथा पशुपन्छी फर्मलाई उत्कृष्ट नवउद्यमी सम्मान प्रदान गरिएको थियो ।

यस्तै उत्कृष्ट नवउद्यमी सम्मानबाट सम्मनित फर्महरुमा ललितपुरको स्पेसन पुष्टकारी उद्योग, नुवाकोटको नमुञ्चेत कृषि फर्म, मकवानपुरको ज्योति दामन कृषि फर्म, रामेछापको हिमालयन ह्याण्डी क्राफ्ट एग्रो नेपाली कागज उद्योग, सिन्धुलीको उज्यालो साबुन उद्योग, धादिङको पवित्रा कृषि तथा पशुपन्छी फर्म र भरतपुरको अर्वान नेष्ट बुटिक एण्ड रेन्टल हाउस रहेका छन् ।
१३ जना उत्कृष्ट उद्यमीलाई ४० हजार रुपियाँ नगदसहित सम्मान गरिएको छ ।
कार्यक्रममा मुख्यमन्त्री बानियाँले आर्थिक रुपमा निर्भर प्रदेश निर्माण प्रदेश सरकारको प्राथमिकता भएको बताउनुभयो ।
प्रदेशको उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री विन्दु श्रेष्ठले उद्योग व्यवसायको प्रवर्धनले समृद्धि प्राप्त हुने बताउँदै प्रदेश सरकार उद्यमीमैत्री वातावरण बनाउन काम गरिरहेको बताउनुभयो ।
मन्त्रालयले प्रदेशभित्र कृषि, घरेलुलगायतका नवउद्यम सञ्चालनसँगै रोजगारीको अवसर सिर्जना गरी प्रदेशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पु¥याउने उद्यमीहरुमध्येबाट छनोट गरी सम्मान गरेको हो ।

ताजा समाचार

Related Articles