थाहा नगरमा लडेर एक जनाको मृत्यु

लोकप्रिय

हेटौँडा, मंसिर १३ गते । मकवानपुरको थाहा नगरपालिका ४ मा एक व्यक्तिको लडेर मृत्युभएको छ ।
मकवानपुर कैलाश गाउँपालिका .५ ठोस्ने घर भई हाल थाहा नगरपालिका ४ ठुलोमार्खुस्थित ज्ञानमाया लामाको घरमा खेती किसान गरी बस्ने वर्ष ४८ को मान बहादुर जिम्बा शुक्रबार राति लडेर मृत्युभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मान बहादुर जिम्बा बसिरहेको अवस्थामा एक्कासि लडी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक पुस्कर बोगटीले जानकारी दिनुभयो ।
जिम्बाको शव हेटौँडा अस्पताल मकवानपुरमा ल्याइएको छ ।

 

ताजा समाचार

Related Articles