डडेल्धुराबाट काँग्रेस सभापति देउवाको नाम सिफारिस

लोकप्रिय

डडेल्धुरा, मङ्सिर २५ गते। एक मात्र सङ्घीय निर्वाचन क्षेत्र रहेको डडेल्धुराबाट काँग्रेसले नेपाली काँग्रेसका केन्द्रिय सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको एकल नाम सिफारिस गरेको छ ।

बिहीबार नेपाली काँग्रेस जिल्ला कार्य समितिको बैठकले फागुन २१ गते सम्पन्न हुने सङ्घीय निर्वाचनका लागि देउवाको नाम प्रदेश कमिटीलाई पठाइएको जिल्ला पार्टी सचिव शेरबहादुर भण्डारीले जानकारी दिनुभयो । उहाँले प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनका लागि ५ जना समानुपातिक उम्मेदवारहरूको पनि नाम सिफारिस गर्न बैठक बसिरहेको जानकारी दिनुभयो ।

१ पटक गृहमन्त्री ५ पटक प्रधानमन्त्री र दुई पटक नेपाली काँग्रेसको पार्टी सभापति बनिसक्नु भएका  देउवा यस अघि २०४८, २०५१, २०५६, २०६४, २०७०,२०७४ र ०७९ गरि सात पटकको निर्वाचनमा डडेल्धुराबाट लगातार चुनाव जित्दै आउनु भएको छ । सभापति देउवा अहिले डडेल्धुराबाट आठौं पटक चुनाव लडिरहनु भएको हो ।

ताजा समाचार

Related Articles