काठमाडौँ, पुस ३ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ११ औँ महाधिवेशनले पार्टी पदाधिकारी निर्वाचित गरेको छ । एमालेमा निर्वाचत पदाधिकारीमा ओली पक्षधरको वर्चस्व रहेको छ ।
केन्द्रीय निर्वाचन आयोगका अनुसार उपाध्यक्षमा पृथ्वी सुब्बा गुरुङले १७३७ मत, विष्णुप्रसाद पौडेलले १६७५ मत, रामबहादुर थापाले १५१६ मत, गोकर्णराज विष्टले १३६८ मत र रघुजी पन्त १२५८ मतका साथ विजयी हुनुभएको छ ।

एमालेको महासचिवमा अध्यक्ष ओली प्यानलनै शंकर पोखरेल विजयी हुनुभएको छ । पोखरेलले आफ्ना प्रतिस्पर्धी सुरेन्द्र पाण्डेलाई पराजित गर्दै पुन: दोश्रो पटक महाचिव पदमा विजयी हुनुभएको हो । महासचिवमा विजयी हुनुभएका पोखरेलले १२२८ मत पाउँदा उहाँका प्रतिश्पर्धी पाण्डेले ९९९ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी, उपमहासचिवमा लेखराज भट्टले १४५२मत, रघुवीर महासेठले १३६८ मत र योगेश भट्टराई १३४८ मतका साथ विजयी हुनुभएको छ । सचिव महेश बस्नेतले १५४४मत, छविलाल विश्वकर्माले १५०६मत, पद्माकुमारी अर्यालले १५३०मत , शेरधन राईले १५०३मत , हिक्मतकुमार कार्कीले १३३७मत , खगराज अधिकारीले १३३१ मत, यमलाल कँडेलले ११८५ मत, राजन भट्टराईले ११८१ मत र भानुभक्त ढकाल ११०८ मतका साथ विजयी हुनुभएको छ ।




